कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

चन्द्रनगर गाउँपालिकाद्वारा सर्वपक्षीय बैठक आह्वान



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सर्वपक्षीय बैठकमा सहभागिताको लागि सम्बन्धित सबैमा निमन्त्रणा गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ को गाउँ सभा तथा बजेट निर्माणको लागि सर्वपक्षीय सभाको आयोजना गर्न लागेको हो । सभामा उपस्थितिको लागि सम्बन्धित व्यक्तिहरुलाई पत्राचार गरिएको जारी सूचनामा बताइएको छ ।

गाउँपालिकाद्वारा राजी सूचनामा यदि निमन्त्रणपत्र नपुगेका स्थानहरुमा यसैलाई निमान्त्रणा मानी उपस्थितिको लागि अनुरोध गरिएको छ । गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ, ‘आर्थिक वर्ष २०८०र८१ को वार्षिक योजना तथा बजेट पारित नभएकोले गर्दा आम जनसमुदायलाई सेवा प्रवाह गम्भीर रुपमा प्रभावित हुन थालेको, जनताको विकास र समृद्धिको लागि आवश्यक कार्य अवरुद्ध भएको तथा कार्यरत कर्मचारी, शिक्षकलाई समयमा तलब प्रदान गर्न नसकेको दुःख लाग्दो परिस्थितीलाई अन्त्य गर्न तथा यस गाउँपालिकाको जनताको समतामुलक र उत्पादनमुलक दिगो विकासको चाहना लाई पुरा गर्न वार्षिक योजना तथा बजेट पारित हुन अति आवश्यक रहेको व्यहोरा अनुरोध छ ।’

गाउँपालिकाको आर्थिक वर्ष २०८०र८१ को गाउँ सभा एवम बजेट निर्माणको लागि सर्वपक्षीय सभा निम्न मिति, समय र स्थानमा हुने जारी सूचनामा उल्लेख छ । गाउँपालिकाको सभा असोज २० गते शुक्रबार दिउँसो १२ः३० बजेदेखि हुने बताइएको छ । सभा चन्द्रनगर गाउँपालिका २, गौचरन बजार, बबरगंज हुने छ ।

नाढीमन तालको कार्यक्रम संचालन हुने मन्च अगाडी डिप बोर्डिड। जडान गर्ने कार्य भई रहेकोले, यो सर्वपक्षीय सभा गौचरण बजारमा राखिएको जारी सूचनामा बताइएको छ । सोको जानकारी चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोले जारी सूचनामा बताएका छन् । गाउँपालिकाले आह्वान गरेको सर्वपक्षीय बैठकमा राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी, कर्मचारी, शिक्षक, राजनीतिक पार्टीका प्रतिनिधिहरु तथा सम्बन्धित निकायका प्रतिनिधिहरुलाई अनिवार्य उपस्थितिको लागि पत्रचार गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १२ : १७ बजे