३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

जन्मदिनका अवसरमा विद्यार्थीलाई पोसाक



जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरका वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीले आफ्नो जन्मदिनका अवसरमा बालबालिकालाई पोसाक वितरण गरेका छन् ।

जन्मदिनको अवसरमा राप्तीसोनारी–२ मा रहेको जय दुर्गा आधारभूत विद्यालयका ४० विपन्न, टुहुरा तथा असहाय विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले पोसाक वितरण गरिएको उनले बताए ।“जन्मदिनका अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले विपन्न वर्गका विद्यार्थीलाई पोसाक वितरण गरेर सहयोग गरेको हुँ”, वडाध्यक्ष ओलीले भने, “आफ्नो जन्मदिनमा अरू कसैका लागि केही गर्न सकिन्छ भने गर्नुपर्छ । मैले जे सकेँ त्यही गरेको मात्र हुँ ।”सामाजिक क्षेत्रमा काम गर्दै आएका उनले विद्यालय पोसाक किन्नसमेत गाह्रो भएका अभभावक तथा विद्यार्थीलाई पोसाक प्रदान गरेको विद्यालयका प्रधानाध्यापक कालीबहादुर विष्टले बताए । यसअघि पनि वडाध्यक्ष ओलीले आफ्नो जन्मदिनका अवसरमा खेलकुद मैदान र मन्दिरलगायत संरचना निर्माण गरेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : ३५ बजे