कार्तिक ७, २०८१ बुधबार Wed Oct 23 2024

चन्द्रनगर गााउँपालिकाको वडा नं. ६ र ७ मा गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण सम्पन्न



सर्लाही । सर्लाहीको चन्द्रनगर गााउँपालिका वडा नं. ६ र ७ का २०४८र२०४९ मा आफ्नो जग्गा नापी गराई हाल सम्म गाउँ ब्लक जग्गाको लालपुर्जाबाट बन्चित (साविक चन्द्रनगर गाविस) का सम्बन्धित परिवारले गाउँ ब्लक जग्गा दर्ता गराउने आज अन्तिम भएको जनाइएको छ ।

आज उपरान्त नापी कार्यालय सर्लाही चन्द्रनगर गााउँपालिकाको कार्यालयमा आउने छैन । गाउँ ब्लक जग्गा दर्ता आज सम्ममा गाउँपालिकाको कार्यालयमा गराउन असमर्थ परिवारले अब उपरान्त नापी कार्यालय मलगंवामा नै जानु पर्ने बाध्यता रहने जानकारी जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैले आफनो गाउँपालिकाको कार्यालयमा आएको अवसरको सदुपयोग गर्दै आफनो गाउँ ब्लकको जग्गा दर्ता गराउनु हुन सम्बन्धीत सम्पूर्ण सरोकारवालामा अपिल गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ०९ बजे