३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु



ढोरपाटन । बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो ।

धौलागिरी अस्पतालमा सिटी स्क्यानको सेवा सञ्चालनले बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतबासीलाई सहज हुनेछ । गण्डकी प्रदेश सरकारले यसका लागि गत आर्थिक वर्ष २७९र८० मा रु १० करोड बजेट विनियोजन गरको थियो ।धौलागिरी अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने योजना अन्तर्गत उपकरण थप गरेको हो । पछिल्लो समय धौलागिरी अस्पतालले दैनिक औसतमा पाँच सय बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।सिटी स्क्यान सेवाको शुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि प्रदेश सरकार तयार रहेको विश्वास व्यक्त गरे । प्रदेश सरकारले गोरखा र बागलुङको अस्पताललाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ११ : २३ बजे