असार २, २०८१ शनिबार Sun Jun 16 2024

चर्चित चित्रकार ज्योतिप्रकाशको एउटै चित्र २ लाखमा बिक्रि



आफूले बनाएको पेन्टिङ बिक्री भएपछि कलाकार ज्योतिप्रकाशले खुसी व्यक्त गरे । उनले भने, ‘आफ्नो कला कसैले मन पराउनु खुसीको विषय हो ।’ 

काठमाडौं । काठमाडौंस्थित नेपाल कला परिषद्‌मा जारी चित्रकला तथा मूर्तिकला प्रदर्शनीमा कलाकार ज्योतिप्रकाशको एक पेन्टिङ २ लाख १४ हजार ८ सय रुपैयाँमा बिक्री भएको छ । उनले बनाएको एक सय आठ गणेश नामक आधुनिक पेन्टिङ बिक्री भएको हाे ।

यसअघि उनले बनाएका पेन्टिङहरू १० लाख रुपैयाँसम्म बिक्री भइसकेका छन् । आफूले बनाएको पेन्टिङ बिक्री भएपछि कलाकार ज्योतिप्रकाशले खुसी व्यक्त गरे । उनले भने, ‘आफ्नो कला कसैले मन पराउनु खुसीको विषय हो ।’ 

समसामयिक विषयवस्तुलाई शीर्षक बनाएर ज्योतिप्रकाशले चित्रकला सिर्जना गर्छन् । ललितकला केन्द्रीय विभाग कीर्तिपुरमा १० वर्ष शिक्षण गरेका उनले हालसम्म सातपटक एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् । 

सोमबार सुरु भएको ‘डेटिज अफ नेपाल टू’ शीर्षकमा प्रदर्शनीमा नेपालका प्रख्यात कलाकारका ३ सयभन्दा बढी चित्रकला तथा मूर्तिकला राखिएको छ । प्रदर्शनी २० दिनसम्म चल्नेछ । 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ५ : ३६ बजे