९ बैशाख २०८३, बुधबार Wed Apr 22 2026

पुर्वमन्त्रीले समेत घुस दिएछ्न शिक्षा मन्त्रालयको सानोठिमि मार्कसिट कार्यालयमा



बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो। अनि हामी सुशासनको कुरा गर्छौं। भ्रष्टाचार रोक्ने कुरा गर्छौं कहाँबाट रोक्ने कि माथिबाट स्पष्ट हुनुपर्‍यो।’

काठमाडौं । पूर्व वनमन्त्री वीरेन्द्रप्रसाद महतोले शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमी कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा जनता समाजवादी पार्टीका सांसदसमेत रहेका महतोले छोराको समकक्षता पत्र लिन सानोठिमी गए पनि समयमा काम नभएपछि ५ हजार रुपैयाँ घुस दिएको बताएका हुन्।
उदाहरण दिँदै महतोले भने, ‘म हिजो,म भूपू मन्त्री र मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर आएको छु, कसले पत्याउँछ? पत्याउनु हुन्छ ? मेरो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट (समकक्षता)गर्नुपर्ने थियो,मैले ११ बजे पठाएको ३ बजेसम्म गर्दिएनन्, यो मिलेन, त्यो मिलेन भने। यसो भएन, हेर्दा सबै कागज मिलेको छ।’ महतोले भने, ‘म आफै गएँ, त्यो एउटा अधिकृतले कागज मिलेको छैन भने,
मैले भने भर्खर १ महिना थियो १० वटा विद्यार्थीलाई गरेका छौ भन्दा खेरि कागज मिलेन भन्दै चिया खाने समय भयो भने ४ बजेसम्म आएनन्। त्यो बिचौलियालाई गएर ५ हजार दिएँ, ५ मिनेटमा काम गरेर ल्याइदियो। अनि हामी सुशासनको कुरा गर्छौं। भ्रष्टाचार रोक्ने कुरा गर्छौं कहाँबाट रोक्ने कि माथिबाट स्पष्ट हुनुपर्‍यो।’
उनले देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको उल्लेख गरे। ‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। हामीले आफ्नो बारेमा मात्र नसोचौं निजामति कर्मचारीको तलब बढाउँ। घुस नखाइ परिवार चलाउन सक्दैन भने घुस गर्छ गर्छ। बाध्यतामा छ, आफ्नो बारेमा मात्र नसोचौं।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ६ : १९ बजे