कञ्चनपुर।जिल्लामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बुधबार साँझ करेन्ट लागेर भिमदत्त नगरपालिका–१० का ३६ वर्षीय दिनेश वडको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पसलमा सामान खरिद गर्न जाँदा नजिकै टांगिएको तारबाट करेन्ट लागेर मृत्यु उनको भएको हो ।
करेन्ट लागेलगत्तै उनलाई महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउना साथ उनलाई मृत घोषणा गरेको थियो ।
विद्युत् प्राधिकरणको लापरबाहीका कारण करेन्ट लागेको भन्दै मृतकका आफन्त आन्दोलित भएका छन् । उनीहरूले क्षतिपूर्तिको माग राखेका छन् ।
अहिले पूर्व पश्चिम राजमार्गअन्तर्गत भिमदत्त नगरपालिका–५ सुखासाल सडक अवरुद्ध भएको छ ।