कार्तिक २, २०८१ शुक्रबार Fri Oct 18 2024

मन्त्री ज्वालासँग पूर्वाधार विज्ञले भने— खर्चिलो भएपनि सुरुङ मार्गमै जाऊ



काठमाडौं।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र पछि बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल शुरु गरिएको मन्त्रालयका सचिव केशव शर्माले बताएका छन् ।

छलफलमा मन्त्री ज्वालाले भौगोलिक विकटताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौतीलाई कसरी हल गर्ने भन्ने विषयमा विज्ञसँग राय सल्लाह मागेका छन् ।
शर्माले भने ‘सडक गाउँबस्तीमा पुर्‍याउने हो, तर हाम्रा धेरै गाउँबस्तीहरू चुरे र महाभारत शृङ्खला रहेका छन्, जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न निकै चुनौती छन् ।’

धेरै खर्चिलो भएपनि नेपालको भूगोलअनुसार सुरुङ मार्गमा जान विज्ञ टोलीले सुझाव दिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : २६ बजे