बैशाख १८, २०८१ मंगलबार Tue Apr 30 2024

ज्योतिप्रकाशको संगीत र दीपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘तिम्रो याद’ म्यूजिक भिडियो सार्वजनिक



काठमाडौं । ‘तिम्रो याद’ नामक नयाँ म्यूजिक भिडियो नेपाली सांगीतिक बजारमा भर्खरै सार्वजनिक भएको छ । यस म्यूजिक भिडियाको गीतकार किस्ना आचार्य रोशनी हुन् भने संगीतकार ज्योतिप्रकाश हुन् । निर्देशन दीपेन्द्र प्रकाश केसी र गोविन्द अञ्जानले गरेका छन् । केसीले ‘तिम्रो याद’लगायत थुप्रै म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

ज्योतिप्रकाश संगीत रहेको ‘तिम्रो याद’मा चर्चित गायक मनोज राजको स्वर सजिएको छ । त्यस्तै म्युजिक भिडियोमा चर्चित कलाकार इष्टु कार्की र धिरेन्द्र शाहीले अभिनय गरेका छन् । यस म्यूजिक भिडियोमा एउटा प्लस २ मा पढ्ने कर्णधार विद्यार्थी र सडक सफा गर्ने कुचीकारबीच झागिँदै गएको प्रेम सम्बन्ध वियोगान्तमा टुंगिन्छ ।

आफ्नी प्रेमिका सडक सफा गर्ने क्रममा सडक दूर्घटनामा निधन हुँदा प्रेमी भावविहल भएको कथा म्यूजिक भिडियोमासमावेश रहेको छ । म्यूजिक भिडियोको छायाङ्कन हनुमान ढोका अगाडिको रमणीय स्थानमा गरिएको छ ।

‘तिम्रो याद’ म्यूजिक भिडियोको शब्द संयोजन, संगीत, निर्देशन, स्वर र अभियनलाई हेर्दा अहिलेका नयाँ पुस्ताको मन जित्न सफल हुने निर्देशक दीपेन्द्र प्रकाश केसी बताउँछन् । टिपिकल शब्द संयोजन र शब्द सुहाउँदो अभियनले म्यूजिक भिडियोमा अझ निख्खारपन ल्याएको पाइन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : ५९ बजे