२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

रास्वपाको केन्द्रीय विभागमा बस्न मास्टर्स डिग्री अनिवार्य



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखको योग्यता निर्धारण गरेको छ ।

बिहीबार अपराह्न बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश विभागको प्रमुख हुन स्नातकोत्तर तह उत्तीर्ण तथा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको हो।

पार्टी प्रवक्ता मुकुल ढकालले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समिति प्रमुखका लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको बताए ।

त्यस्तै पालिका तहका विभागको प्रमुख बन्न स्नाताक तह उत्तीर्ण गरेको अथवा सम्बन्धित विषयमा ५ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ। पालिका तहको विभागको सदस्य हुन भने माध्यामिक तह अर्थात् कक्षा १२ सम्म अध्ययन गरेको अथवा दुई वर्ष काम गरेर असाधारण क्षमता प्रदर्शन हुनुपर्ने योग्यता निर्धारण गरेको हुनुपर्ने मापदण्ड तय गरिएको ढकालले बताए।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ११ : ४१ बजे