कार्तिक ६, २०८१ मंगलबार Tue Oct 22 2024

साप नेपालद्वारा मुसहर समुदायका १७ परिवारलाई बंगुरको खोर हस्तान्तरण



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा साप नेपालले मुसहर समुदायका १७ परिवारलाई बंगुरको खोर हस्तान्तरण गरेको छ । साप नेपालले आयआर्जनका लागी बंगुरको खोर हस्तान्तरण गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ६ कामताका मुसहर महिलाहरुलाई साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) नामक संस्थाले बुधबार बंगुरको खोर निमार्ण गरी १७ वटा बंगुर हस्तान्तरण गरेको जनइएको छ । मुसहर समुदायलाई बंगुर पालन गरेर आयआर्जन गरि जिविकोपार्जन गर्ने उदेश्यले बंगुर, वितरण गरेको साउथ एसिया पार्टनरशिप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताएका छन् ।मुसहर समुदायमा सामुहीक रुपमा बंगुर पालनका लागी १५ वटा खोर निमार्ण गरेर १७ जनालाई साप नेपालले ३ लाख बराबरको रकम सहयोग गरेको कार्कीले बताएका छन् ।

कामको खोजीमा गाँउका अधिकासं पुरुषहरु भारतका बिभिन्न सहररुमा गएर सस्तो मुल्यमा काम गर्न बाद्य छन । गाउँका बीचौलीयाले उनिहरुलाई भारतमा लगेर रोजगारी लगाउने नाँउमा कम पारीश्रमीक दिएर श्रम शोषण गर्ने गरेको नेपाल राष्टिय मुसहर संघ सर्लाहीका अध्यक्ष ऋतुराज रिषीले बताए ।

आफ्नो जग्गा जमीन नहुदा कामको अभावमा सिङगो परिवारनै दैनिक ज्याला मजदुरी गर्न ईटा भट्टामा जाने गरेका थिए । यसरी परिवारका सदस्यहरु जिल्ला बाहिर गएर ईटा भट्टामा काम गर्न जाने भएकाले उनिहरुका बालबालिकाहरु पढन पाएका थिएनन् । तर समुहमा बसेपछि हाल समुदायका प्राय सबै जना मुसहर बालबालिकाहरु जन्म दर्ता गरेर बिद्यालय जान थालेका छन् ।

पहिले नगरिकता,जन्म दर्ता नभएको कारण सरकारले दिने सेवा सुबिधा बाट समेत बन्चित हुनु परेकोले बिगत एक बर्ष देखी साप नेपालले जन्मदर्ता र बिद्यालय भर्ना अभियान चलाउदै आएको थियो । हाल मुसहर समुदाय बाख्रा, बंगुर पालेर गाँउमै बसेर आयाआर्जन गरेर आफ्ना बालबालिकाहरुलाई बिधालयमा पठाउन थालेका छन ।

गाँउपालिकाले पनि गरिव तथा विपन्न मुसहर समुदायका मानिसहरुलाई प्रधान मन्त्री रोजगार कार्यक्रम अन्तरगत काम गराउदै आएको पालिकाका अध्यक्ष राज कुमार महतोले बताए । पालिकाले कामतमा रहेको एक मात्र मुसहर महिलाहरुले नेतृत्व गरेको महाजन मुक्त बचत तथा ऋण सहकारी संस्था मार्फत आय आर्जनका लागी ६ लाख रुपैयाँको संझौता गरेको बताए । उनले आगामी दिनमा मुसहर समुदाएको आय आर्जन र क्षमता विकासको लागी बजेट तथा योजना ल्याउने बताए ।

मुसहर समुदाए सागुरो बस्तिमा धेरै मानिसहरु बसोबास गर्ने भएकोले बस्नको लागी समस्या भएको र अझ पशु पालनको लागी ठाँउ नभएको सहकारीकी अध्यक्ष शिवकली देवी माझीले बताइन । उनिहरुको आफ्नै घर जग्गा नभएकोहुदा बाख्रा, बंगुर पाल्न समस्या भएको समुहकी अगुवा रिता देवी माझीले बताईन ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १० : १६ बजे