१ बैशाख २०८३, मंगलबार Wed Apr 15 2026

सोधपुछका लागि गृहमन्त्रीले बोलाए भन्सार विभागका महानिर्देशकलाई



काठमाडौं। एक सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गराई ट्याक्सीमा लाँदै गरिएको अवस्थामा अनुमानित १०० केजी सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

उक्त घटनामा सोधपुछका लागि गृहमन्त्री श्रेष्ठले भन्सारका महानिर्देशक पौडेललाई मन्त्रालय बोलाएका हुन् । भन्सार विभागले छानबिन समित गठन गरिसकेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  १२ : २३ बजे