३२ असार २०८३, बिहिबार Thu Jul 16 2026

सुन तस्करीमा सत्तारुढ दलको नेताको नाम जोडिनु थप गम्भीर : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरु नै सुन तस्करीमा जोडिएर नाम सार्बजनिक हुदाँसमेत कारबाही नगरिएको प्रति गुनासो गरेका छन् ।

त्रिभुवन बिमानस्थलवाट १ सय केजी सुन तस्करी गर्दा गर्दै पक्राउ परेको घटनालाई लिएर एमाले महासचिव पोखरेलले सो प्रश्न प्रतिनिधिसभा बैठकमा उठनु पर्नेसमेत बताएका छन् ।

‘दिनहु सुन तस्करीका समाचारहरु आईरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भईरहेको छ । केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो,’ पोखरेलले भनेका छन, ‘हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर वाहिरिएको एक क्विन्टल सुन वाहिरिको सुरक्षा निकायले समातेको समाचार छ ।’

उनले अगाडी लेखेका छन, ‘एअरपोर्ट जस्तो संवेदनशी ठाउको सुरक्षा प्रणाली र भंसार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यस माथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ, राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधि मुलुक निकाय प्रतिनिधिसभाको ध्यान गम्भीर रुपमा जानु आवश्यक छ ।’

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ११ : ४३ बजे