सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सोहजन आन्दोलन २०८० को भव्य समारोहबीच शुभारम्भ गरिएको छ । सो सोहजन आन्दोलन २०८० को शुभारम्भ गत असार ३१ गते एक समारोहबीच गाउँपालिका अध्यक्ष राजकुमार महतोले गरेका हुन् ।
यस सोहजन आन्दोलनले पोषण, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समृद्धिको सिर्जना गर्नुका साथै तराई मधेशको अर्थतन्त्रमा रुपान्तरणकारी परिवर्तन ल्याउने बताइएको छ ।
उक्त सोहजन कार्यक्रम चन्द्रनगर गाउँपालिकाको विषेश पहलमा ल्याइएको हो । यस सोहजन आन्दोलनले स्थानीयवासीको पोषण, स्वास्थ्य, सौन्दर्य, वातावरण र आर्थिक उपार्जनमा महत्वपूर्ण टेवा पु¥याउने गाउँपालिका अध्यक्ष महतोको भनाइ छ ।
त्योसँगै सोहजन कार्यक्रमको थालनीले गरीव तथा विपन्न नागरिकहरुको आर्थिक उन्नति हुनुका साथै स्वास्थ्य, शिक्षा, सरसफाइ तथा वातावरणमा सुधार आउने अध्यक्ष महतोको ठम्याइ छ ।
उनले यस सोहजन आन्दोलनको लागि गाउँपालिकाको तर्फबाट विशेष भूमिका निर्वाह गरेका थिए । यस आन्दोलनले चन्द्रनगरवासी नागरिकहरु हर्षित भएका छन् ।