माघ ९, २०८१ बुधबार Wed Jan 22 2025

सर्लाहीमा सोहजन सम्बन्धी अभिमुखिकरण तथा उत्प्रेरणा कार्यक्रम शुभारम्भ



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले व्यवसायी खेतीका लागि सोहजनको बिरुवा पनि वितरण गर्ने कार्यक्रम आज दिउँसो १ बजे हुने भएको छ ।

गाउँपालिकाले सोहनजको विरुवासँगै विभिन्न फलफूलका विरुवा पनि वितरण गरिने जनाएको छ । सो वितरण कार्यक्रम यस गााउँपालिकाको वडा नम्बर २ बबरगन्ज, श्रीराम, जानकी मठमा राखिएको छ ।

विरुवा वितरण कार्यक्रम गाउँपालिकाको विषेश पहलमा ‘सोहजन आन्दोलन’को आजबाट थालनी भएको विज्ञप्तिमा उल्लेख छ । यस कार्यक्रमले स्थानीयमा सोहजन सम्बन्धी अभिमुखिकरण तथा उत्प्रेरणा जगाउने जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १२ : ०४ बजे