माघ १४, २०८१ सोमबार Tue Jan 28 2025

सरकारमा जान जनमतद्वारा मन्त्रीको नाम सिफारिस



काठमाडौं । जनमत पार्टीले सरकारमा जानका लागि मन्त्रीको नाम सिफारिस गरेको छ । पार्टीका तर्फबाट अनितादेवी शाहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको जनमतका उपाध्यक्ष अब्दुल खानले बताए । तर, मन्त्रालयको भने टुंगो लागेको छैन ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले अमनलाल मोदीलाई मन्त्रीबाट हटाएर जनमतलाई संघीय मामिला तथा सामान्य मन्त्रालय दिने तयारी गरेका छन् । जनमतले भने विकासे मन्त्रालय खोजेका छन् ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ११ : २७ बजे