३ बैशाख २०८३, बिहिबार Thu Apr 16 2026

राष्ट्रियसभाको बैठक आज बस्दै



काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ।

आइतबारको बैठकमा केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक आजका लागि डाकेका हुन्

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ८ : ५० बजे