माघ ९, २०८१ बुधबार Wed Jan 22 2025

चन्द्रनगर गााउँपालिकाका अध्यक्ष राज कुमार महतोको युट्युब च्यानल आउँदै



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आगामी साउन महिनादेखि रणनीतिक महत्वका गतिविधि अध्यक्षको गतिविधि लगायतको भिडियो सूचना यस युट्युब मार्फत प्रसारण गरिने जनाकारी गराइन्छ । गाउँपालिका अध्यक्षको गतिविधि लगायतको भिडियो सूचना यस युट्युबमार्फत प्रशारण गर्न लागिएको हो ।

त्यसकारण चन्द्रनगर गाउँपालिकाको गतिविधिहरु हेर्न र जानकारी लिनको लागि यस युट्युब च्यानललाई सब्स्क्राईब र शेयर गर्न सर्वसाधारण जानकारी गराइन्छ । यस युट्युब च्यानलमा अध्यक्ष राज कुमार महतोले गर्नुभएको कामको गतिविधिहरु यथार्थ परक ढंगल सर्वसाधारण समक्ष आउने पनि जनाइएको छ ।

त्यसैगरी मिथिला कला तालिम लिई सीप विकास गरी कला उधयमी बनाउन मिथिला कलाको कार्य गर्न लागिएको छ । नाढीमन तालमा आउने पर्यटकहरुलाई कोशेली बिक्री वितरण केन्द्रको रुपमा विकास गर्न र सम्पर्क केन्द्रको रुपमा नाढीमन ताल परिसरमा मौलिक तथा आधुनिक प्रविधीको संयूक्त प्रयोग गरी परम्परागत शैलीको मिथिला कला घर निर्माण भई रहेको हो ।

त्यसको लागि चन्द्रनगर गाउँपालिकाका ३० जना महिलाहरुले १० दिने मिथिला कला तालिम लिई सो कला घरमा मिथिला कलाको उध्यमको शुरुवात गर्दै छन् ।

मिथिला क्षेत्रमा सदियौँदेखि पल्लवित हुँदै विकास भएको मिथिला कला आज विश्वमै एक अलग्ग पहिचानका साथ स्थापित भएको छ । मिथिला क्षेत्रको केही भाग भारत र केही भाग नेपालमा पर्ने हुँदा नेपालमा मिथिला कलाको चर्चा समग्रमै गर्ने परम्परा छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ९ : ०३ बजे