माघ ९, २०८१ बुधबार Wed Jan 22 2025

चन्द्रनगर गाँउपालिकामा स्यानिटरी प्याड बनाउने तालिम सम्पन्न



सर्लाही । सर्लाहीको चन्द्रनगर गाँपालिकाले स्यानिटरी प्याड बनाउने सीप विकास तालीम सम्पन्न गरेको छ । गाउँपालिकाले अपांगता भएका महिलाहरुलाई स्यानिटरी प्याड बनाउने तालिम दिएको होे ।

उक्त तालिममा गाउँपालिकाका २५ जना अपाङ्गता भएका महिलाहरुको सहभागिता रहेको थियो । उक्त स्यानिटरी प्याड बनाउने ६ दिने सीप विकास तालिम सफलता पूर्वक सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार महतो भन्छन्, ‘विपन्न परिवार र अपांगता भएका महिलाहरु वातावरणमैत्री र मितव्ययी स्यानिटरी प्याड बनाउने सिपमा दक्ष भएका छन् ।’

त्यस्तै गाउँपालिका अध्यक्ष महतोले सीपमुलक तालिमा वातावरणमैत्री स्यानिटरी प्याड उत्पादन गर्ने उधोग दर्ता गराउन सम्बन्धित पक्षलाई अनुरोधसमेतगरेका छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ३९ बजे