२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

प्रोफेसर कुट्ने विद्यार्थीको मुद्दा फिर्ता लिनु दुःखद् : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रोफेसर कुट्ने विद्यार्थीविरुद्धको मुद्दा फिर्ता लिनु दुःखद् भएको बताएका छन्।

मदन भण्डारी कलेको वार्षिकोत्सवका हवसरमा आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सभ्यता बसाल्ने देशले प्रोफेसर कुट्ने विद्यार्थीविरुद्धको मुद्दा फिर्ता लिनु विडम्बनापूर्ण भएको बताएका हुन्।

‘बडा दुःखद् कुरा हो, हाम्रोजस्तो सभ्यता बसाल्ने देश, गुरू देवो भवः भन्ने देश, गुरूको ढाड खुस्क्याउँछ, टाउको फुटाउँछ, करङ भाँच्दिन्छ, बहादुरी देखाउँछ। त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता दिन्छ। प्रोफेसर कुट्न किन पाइँदैन रु मज्जाले पाइन्छ भनेर,’ उनले भने । उनले त्यस्ता विद्यार्थी नाममात्र भएको बताए।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  २ : २२ बजे