१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

प्रतिनिधिसभाको बैठक बस्दै : बजेट पारितका लागि प्रस्ताव पेस हुँदै



काठमाडौं । सरकारले आज (बुधबार) बजेट पारितका लागि संसदमा पेस गर्दैछ । जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत भएको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइसकेपछि सरकारले आज प्रतिनिधिसभाको बैठकमा बजेट पारितका लागि पेस गर्न लागेको हो ।

मन्त्रालयगत छलफल पनि सकिएपछि सरकारले आज बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो । बजेट पास गर्नका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १० : ४७ बजे