१० बैशाख २०८३, बिहिबार Thu Apr 23 2026

काठमाडौंका सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने मन्त्री श्रेष्ठको उद्घोष



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने बताएकी छिन् ।

मन्त्री श्रेष्ठले मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै काठमाडौंकै नेवार समुदाय सुकुम्बासी रहेकाले उनीहरुलाई लालपुर्जा दिने प्रक्रिया अगाडि बढाउने बताएकी हुन् ।
तराईमा कमैया प्रथा उन्मूलन भएको २३ वर्ष भयो तर सुन्दा पनि अचम्म लाग्छ । यद्यपि, काठमाडौंमा पनि कमैयाको जीवन बिताउने मूलवासी नेवारहरु धेरै छन् । काठमाडौंमा धेरै स्ववासीको घरको लालपुर्जा छैन। अब हाम्रो लक्ष्य ती स्ववासीलाई घरको लालपुर्जा दिनु पनि हो’ मन्त्री श्रेष्ठले भनिन् ।

काठमाडौंका स्ववासीको अवस्था भयावह रहेको भन्दै मन्त्री श्रेष्ठले दुई तीन पुस्ता अघिदेखि बसोबास गरिरहेकाहरु पनि लालपुर्जाविहीन रहेको खुलासा गरिन् ।

‘मन्त्री श्रेष्ठ भन्छिन् ‘बाजेको पालादेखि घर छ तर लालपुर्जा छैन । हाम्रो मन्त्रालयले स्ववासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रियालाई पनि अगाडि बढाउने निर्णय गरेको छ ।’

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ५ : ३५ बजे