माघ ८, २०८१ मंगलबार Tue Jan 21 2025

छोरीहरुलाई प्रोत्साहन अनुदान रकम असार ९ गते शनिबार हस्तान्तरण गरिने



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह अन्त्य र छोरीहरुमा शिक्षाको पहुँच वृद्धि गर्ने अभियान अन्तर्गत स्नातक तहमा अध्ययनरत छोरीहरुलाई प्रोत्साहन अनुदान रकम असार ९ गते शनिबार हस्तान्तरण गर्ने भएको छ ।

गाउँपालिकाको पहलमा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्नातक तहमा अध्ययनरत छोरीहरुलाई दिने भनिएको प्रोत्साहन अनुदान रकम आगामी असार ९ गते शनिवार दिउसो १ बजे नाढीमन ताल परिसरमा हस्तान्तरण गरिने कार्यक्रम रहेको जनाइएको छ ।

उक्त अनुदान स्नातक तहमा भर्ना भइ नियमित अध्ययन गरिरहेका र अनुदान रकम मागको लागि गाउँपालिकामा निवेदन दिएका किशोरीहरुले पाउने भएका छन् । उक्त अनुदान स्नातक तहमा भर्ना भइ नियमित अध्ययन गरिरहेका र अनुदान रकम माग गरी आवेदन दिएका चन्द्रनगर गाउँपालिकाका सम्पूर्ण स्थानीय किशोरीहरुले पाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसरी प्रोत्साहन स्वरुप उपलब्ध गराइने रकम लिनको लागि आवेदक आफै उपस्थित हुनुपर्ने पनि विज्ञप्तिमा भनिएको छ । त्यसरी रितपूर्वक आवेदन दिएका स्नातक तहमा अध्ययनरत किशोरीलाई आफै उपस्थिति भई अनुदान रकम लिन सरोकारलाला सबैमा गाउँपालिकाद्वारा जारी विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ४ : ५० बजे