१२ बैशाख २०८३, शनिबार Sat Apr 25 2026

बागमती सरकारको बजेट प्रदेशसभामा पेश



मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट पेश गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गरेका हुन् ।

आर्थिक संकटका कारण प्रदेशको आर्थिक वृद्धि दर कमजोर रहेको मन्त्री लामाले बताए । उनले प्रदेशको पुँजीगत र चालू खर्च समेत कमजोर रहेको बताएका छन् ।

प्रदेशको सबलीकरण, आर्थिक विकास र नागरिकको जीवन स्तर सुधारतर्फ केन्द्रित रहेको उनले बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ०० बजे