माघ ८, २०८१ मंगलबार Tue Jan 21 2025

बालविवाह अन्त्य र किशोरीमा उच्च शिक्षाको पहुँच वृद्धि गर्न बालिका सम्मेलनको आयोजना



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह अन्त्य र उच्च शिक्षामा किशोरीको पहुँच वृद्धि अभियान अन्तर्गत बालिका सम्मेलन गर्ने भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बालविवाह अन्त्य र उच्च शिक्षामा किशोरीको पहुँच वृद्धि अभियान स्वरुप आगामी असार २ गते शनिवार बालिका सम्मेलनको आयोजना गरेको हो ।

आगामी असार २ गते शनिवार बालिका सम्मेलनमा स्नातक तहमा भर्ना भइ अध्ययनरत स्थानीय किशोरीहरुले गाउँपालिकाले दिने अनुदान रकमको लागि गाउँपालिकाको कार्यालयमा निवेदन दिन अनुरोध गरेको छ ।

निवेदन दिइसकेका किशोरीहरुले गाउँपालिकाको कार्यालय नाढीमन ताल परिसरमा सम्पूर्ण आवश्यक कागजातसहित अनुदान रकम लिन आफै उपलस्थित हुन गाउँपालिकाले सूचना प्रकाशित गरेर अनुरोध गरेको छ ।

चन्द्रनगर गाउँपालिकाको यो प्रयासले तराइमा हुने गरेका बालविवाह र छोरालाई शिक्षामा पछाडि पारिने प्रवृत्ति घट्दै गएको स्थानीय बताएका छन् । उता गाउँपालिका अध्यक्ष राजकुमार महतोले १२ कक्षा पास गरी २० वर्ष उमेरपछि विवाद विवाह गर्ने स्थानीय किशोरीहरुलाई प्रोत्साहन स्वरुप विवाह मण्डपमै पुगेर ५० हजार रुपैयाँ अनुदान दिने अभियान चलाएका छन् ।

अध्यक्ष महत्वको उक्त अभियानले सर्लाहीको चन्द्रनगरमा बालविवाह घ्ट्दै गएको र किशोरीहरुमा उच्च शिक्षाको पहुँच वृद्धिभएको भन्दै स्थानीय हर्षित भएका छन् ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १२ : ४९ बजे