माघ ८, २०८१ मंगलबार Tue Jan 21 2025

कोप्रे भीरमा ‘हनि हन्टिङ’



कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ स्थित मर्दी खोलाको मुहान क्षेत्रमा पर्ने कोप्रे भीरमा ‘हनि हन्टिङ’ गरिएको छ।

सिधिङ युनाइटेड क्लबको आयोजना तथा वडा कार्यालयको समन्वयमा भीर मौरीको मह काट्ने कार्यक्रम गरिएको हो । हनि हन्टिङका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले कार्यक्रम गरिएको माछापुच्छे«–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले बताए ।काप्रे भीरमा भीर मौरीका धेरै घारहरु रहेका छन् ।

विगत वर्षका तुलनामा मौरीको घारको संख्या बढेको स्थानीयले बताएका छन् । हनि हन्टिङका लागि स्थानीयहरुको उत्साहजनक सहभागिता थियो । मह काढ्ने कार्यक्रम अघि पूजाआजासमेत गरिएको थियो । वडाध्यक्ष क्षेत्रीका अनुसार भीरमा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसलाई नै निरन्तरता दिइएको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १२ : ०० बजे