हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो २ बजे हेटौंडा।डस्थित प्रदेश सभा भवनमा बस्नेछ । आजको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने र छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक सर्वेक्षण पेश गर्ने गर्नेछन् । भोलि असार १ गते बस्ने प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०८१ को बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।
यसअघि प्रदेश सभाको बैठक गत जेठ १९ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।