४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

राष्ट्रपति पौडेल डिस्चार्ज



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । उनी बुधबार बिहान ८ बजे बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रबाट डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएका उनलाई २४ घन्टा अब्जर्भेसनमा राखिएको थियो । उनको मुटुमा समस्या देखिएकाले एन्जियोप्लास्टी गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  १२ : ५८ बजे