बैशाख १४, २०८१ शुक्रबार Sat Apr 27 2024

सिद्धार्थ बैंकद्वारा कर्मचारी आवश्यकतासम्बन्धी सूचना जारी



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दुई पदको लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गरी दुई पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले जुनियर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र टेक्नोलोजि क्षेत्रमा काम गरेको २ वर्षको अनुभब हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले उक्त पदमा आवेदन दिने व्यक्ति ३२ वर्ष ननाघेको हुनुपर्ने जारी सूचनामा उल्लेख गरेको छ । आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी असार २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : ५० बजे