३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ । बैठक बिहान ११ः३० बजे ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा बस्ने छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ । पछिल्लो दिनहरुमा देशभर सरकार र राष्ट्रपति विरुद्ध विरोध प्रदर्शन भइरहेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीलाई आममाफी दिँदै जेलमुक्त गराएको र विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै विभिन्न पार्टीका भातृ संगठनले प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  १० : ४० बजे