३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

कांग्रेस जिल्ला सभातिहरुद्वारा कोशी प्रदेशको नाम पुर्नविचार गर्न प्रदेश सरकारलाई आग्रह



काठमाडौं । कांग्रेस जिल्ला सभातिहरुले कोशी प्रदेशको नाम पुर्नविचार गर्न कोशी प्रदेश सरकारलाई आग्रह गरेका छन् । कांग्रेस जिल्ला सभातिहरुले बुधबार एक विज्ञपती जारी गर्दै कोशी प्रदेश सरकारलाई कोशी प्रदेश नामाकरणको पुर्नविचार गर्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला सभापतिहरुले प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा गम्भीर आपति जनाउदै प्रदेशका जनता बान्दोलित भएकोप्रति विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पहिचानवादी आन्दोलनकारी जनताले प्रदेशको नाम कोशी हटाउन गरेको मागप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ ।

पहिचान पक्षधर जनताले आफ्नो मागको सुनुवाईका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको घोर भत्सना गर्दछौं । आन्दोलनमा संयमित हुन हामी आन्दोलनकारीहरुलाई विशेष आग्रह गर्दछौ भने जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथा विरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न जोडदार माग गर्दछौ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ४ : २१ बजे