सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले जनतासँग गाउँपालिका अध्यक्ष अन्तर सम्वाद कार्यक्रम थालेको छ । गाउँपालिकाले जनताका गुनासा, समस्या र सरसल्लाह सुन्ने कार्यक्रम अगाडि बढाएको छ ।
गाउँपालिकाले जनताको गुनासा सुनी उनीहरुको समस्याको नियमानुसारको समाधान प्रदान गर्न तथा सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सो कार्यक्रम गाउँसभाबाट पारित गर्ने अगाडि सारेको बताइएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति कार्यक्रम र बजेट अनुसार यो कार्यक्रमको शुरूवात गर्न लागेको हो ।
गाउँपालिकाले उक्त कार्यक्रमको प्रभावकारिता र आवश्यकता हेरी त्यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने अध्यक्ष राजकुमार महतोले बताएका छन् ।