४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

आयोजनाको ठेक्का कात्तिक महिनाभित्र नसकेमा उक्त आयोजनाको रकम रोक्का गरिने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि आयोजनाको ठेक्का कात्तिक महिनाभित्र सकिसक्नुपर्ने व्यवस्था गरेको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले कात्तिक महिनाभित्र आयोजना ठेक्का लगाइसक्नुपर्ने व्यवस्था गरेको जानकारी दिए ।

कात्तिक महिनाभित्र ठेक्का नसकेमा उक्त आयोजनाको रकम रोक्का गरिने व्यवस्था गरिएको अर्थमन्त्री डा। महताले जानकारी दिए।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : २५ बजे