१ श्रावण २०८३, शुक्रबार Fri Jul 17 2026

सर्लाहीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमद्वारा दुई कोठे विद्यालय भवन निर्माण शिलान्यास



सर्लाही । सर्लाहीको नन्द्रनगर गाउँपालिका वडा नम्बर ३ को श्री जनता प्राथमिक विद्यालय कोरियाही टोलमा दुई कोठे विद्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।

चन्द्रनगर गााउँपालिका वडा नम्बर ३ स्थित श्री जनता प्राथमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत दुई कोठे विद्यालय भवन निर्माणको सिलान्यास गरिएको हो ।

योलगायत चन्द्रनगर गाउँपालिकाले थुप्रै क्षेत्रमा विकास निर्माणको काम गरेको स्थानीयले बताएका छन् । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले अन्य स्थानीय तहको तुलनामा धेरै जनमुखी काम गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन्।

कक्षा १२ पास गरी २० वर्ष उमेरपछि विवाह गर्ने किशोरीहरुलाई रु.५० हजार अनुदान सहयोग दिएर चर्चा कमाएका अध्यक्ष महतोले मठमन्दिर, तालतलैया, विद्यालय, खानेपानी, निशुल्क कृषि विद्युत् मिटर जडान, लोप हुन लागेका ऐतिहासिक र पुरातात्विक महत्व बोकेका ताल तथा मन्दिरको उत्खनन् तथा पुनःनिर्माण गरेर स्थानीयवासीबीच धन्यवादका पात्र बनेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ४ : २१ बजे