बैशाख ४, २०८१ मंगलबार Tue Apr 16 2024

नेप्से आज बिहीबार बन्द हुने, अब आइतबार बिहान ११ बजे मात्र खुल्ने



काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ ।

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा अडिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १० : ३० बजे