बैशाख १२, २०८१ बुधबार Wed Apr 24 2024

नगरपालिका भवन निर्माणका लागि मेयरद्वारा जग्गा प्रदान



रौतहट । रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले एक करोड हाराहारी मूल्य पर्ने जग्गा प्रदान गरेका छन् । मेयर यादवले नगरपालिका भवन निर्माणका लागि एक करोड मूल्य बराबरको ५ कठ्ठा जग्गा दिएका हुन् ।

मेयर यादवले चुनावका बेला गरेको प्रतिबद्धताअनुसार आफ्नो नाउँमा दर्ता कायम रहेको उक्त जग्गा माधव नारायण नगरपालिकाकाको नाउँमा रजिस्ट्रेसन पास गरी दिएका छन् ।

मेयर यादवको नाउँमा रहेको माधवनारायण–३ को ५ कठ्ठा जग्गा नगरपालिकाको नाउँमा निःशुल्क दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताएका छन् ।

गत स्थानीय निर्वाचनमा आफू विजयी भएमा माधवनारायण नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने मेयर यादवले प्रतिबद्धता जनाएका थिए, जुन प्रतिवद्धता अहिले आएर पुरा गरेका हुन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ९ : १४ बजे