३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

सुदूरपश्चिमका मुख्यमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।

मुख्यमन्त्रीसहित, मन्त्री, प्रतिपक्षी दलका नेताको टोलीले आज ९बुधबार० बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग् भेटवार्ता गरेको हो ।

भेटवार्तामा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

यस्तै गेटा मेडिकल कलेजमा विश्वविद्यालय सञ्चालन गराउनलगायत समग्र सुदूरपश्चिमको विकासका सवालमा छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ११ : ०५ बजे