सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गााउँपालिकास्थित वडा नम्बर २ गौचरनमा सबरी कुटी निर्माणको सिलान्यास गरिएको छ ।
सो कुटी भक्ति, समर्पण र प्रतीक्षाको प्रतीकको रुपमा रहेकी माता सबरीको सम्मानमा र पुस्तौंदेखि ओझेलमा रहेको मुसहर समुदायको आत्मबल बढाउने उद्देश्य निर्माण गरिएको हो ।
उक्त कथन त्रेतायुगको श्री रामचरित मानसमा उल्लेख गरिएको छ । कथनमा सबरी माता र श्री राम लक्ष्मण तथा जुठो बैर प्रसङ्ग रहेको सबरी कुटी सर्लाही जिल्लामा पहिलो र नेपालमा दोस्रो रहेको वर्णन गरिएको छ ।
उक्त कुटी निर्माण कार्यको शिलान्यास चन्द्रनगर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शम्भ साहले गरेका गरेका थिए ।