३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

शुक्लाफाँटा नगरपालिकाद्वारा कक्षा १ देखि ८ सम्म ‘हाम्रो ‘शुक्लाफाँटा’ पाठयक्रम निर्माण



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो शुक्लाफाँटा’ पाठयक्रम तयार गरेको छ । नगरपालिकाले स्थानीय विषयवस्तु र त्यसको महत्वलाई समेटेर कक्षा १ देखि ८ सम्मको पाठ्यक्रमा स्थानीय पाठ्यक्रम तयार गरेको हो ।

नगरपालिकाले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका विषयवस्तुबारे बालबालिकालाई ज्ञान दिलाउँका लागि पाठ्यक्रम तयार गरिको पाठयक्रम चालु शैक्षिकसत्रदेखि लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय विषयवस्तुलाई समेटेर तयार गरिएको पाठ्यक्रमले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला, संस्कृतिलगायत विविध पक्षको संरक्षण र संवद्र्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग पु¥याउने लिइएको छ । स्थानीय पाठ्यक्रममार्फत बालबालिकामा आफ्नो परिवेशबाट सिक्ने, नजिकको वातावरण, भूगोलसँग सम्बन्धित ज्ञान आर्जन गरुन् भनेर पाठ्यक्रम निर्माण गरिएको बताइएको छ ।

यस पाठ्यक्रमबाट बालबालिकाले नजिकको ज्ञान, सीप र अनुभवलाई फराकिलो पार्दै विश्वव्यापी ज्ञानसँग समिश्रण गर्ने सामाजिक मुद्दासँग परिचित हुने, विकृतिसँग विद्रोह गर्ने गुणको विकास हुने बताइएको छ । नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माणको क्रममा यस क्षेत्रका शिक्षासँग सरोकार राख्ने शिक्षाविद्, पाठ्यक्रमविद्, समाजसेवी, जनप्रतिनिधि, नगर शिक्षा समिति, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, गैरसरकारी संस्था तथा सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरिएको थियो ।

ुसम्बन्धित पक्षबाट प्राप्त सुझाव नै पाठ्यक्रमको मूल आधार होु, उनले भने । आधारभूत तह, ९कक्षा १–८०का लागि तयार पारिएको स्थानीय पाठ्यक्रममा शुक्लाफाँटा नगरपालिकाको भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक, जनसाङ्ख्यिकी तथा राजनीतिक अवस्थाको परिचयसम्मका विषयवस्तु समावेश गरिएका छन् । स्थानीय सरकारको परिचय, विभिन्न समितिका काम, कर्तव्य र अधिकारका विषयवस्तु पाठ्यक्रममा समेटिएका छन् ।

त्यसैगरी नगरपालिकाभित्र रहेका धर्म, संस्कृति तथा सांस्कृतिक मूल्यमान्यता, रहनसहन, प्राकृतिक स्रोत साधन, पर्यटकीयस्थल आदिको पहिचान, जगेर्ना, संरक्षण र संवद्र्धनका लागि पनि विषयवस्तु यसमा राखिएका छन् । पाठ्यक्रममा पहाडी समुदाय, राना थारू र चौधरी, डगौरा थारूलगायतका समुदायको कला, संस्कृति झल्किने विषय वस्तु समेटिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ३१ बजे