३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

प्रेस काउन्सिलद्वारा कर्मचारी आवश्यकतासम्बन्धी सूचना जारी



काठमाडौं । नेपाल प्रेस काउन्सिलले कर्मचारी आवश्यकता सम्बन्धी सूचना जारी गरेको छ ।

प्रेस काउन्सिलल अधिकृत प्रशासन (छठौं) गरी १२ जना कर्मचारी आवश्यकता भएको सूचना जारी गरेको हो ।

आगामी २०८० जेठ १८ सम्म आवाश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।

जसअनुसार अधिकृत (प्रशासन) छौठौ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौं) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सुचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ११ : २८ बजे