काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली शरणार्थी प्रकरणले नेताहरूले गरेको भ्रष्ट व्यावहरको तथ्य बाहिर ल्याएको बताएका छन् ।
काठमाडौंमा निर्मल लामा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको संम्बोधनका क्रममा नेपालले यस्तो बताएका हुन् । , ‘एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डका फाइलहरू खुल्न थालेपछि नेताहरुले नेपाली राजनीतिमा गर्ने गरेको कालो कर्तुन बाहिर आउन थालेको नेता नेपालले बताएका हुन् ।
उनले यस्तो नेताहरुले गरेको गतिविधिका कारण जनतामा राजनैतिक विश्वास गिर्दै गएको बताए । मानव तस्करी गर्ने काममा नै नेताहरूले अगुवाइ गरेका पुष्टि भएपछि देशमा लाजमर्दो गतिविधि देखिएको बताए ।
भुटानी शरणर्थी र अन्य कुनै पनि भ्रष्टाचार प्रकरणमा गृहमन्त्रीले खुट्टा नकमाउन उनले आग्रह गरे । साथै अनुसन्धान प्रक्रियामा निष्पक्ष ,सत्य र तथ्य छानबिन गर्न समेत नेता नेपाले आग्रह गरे ।
उनले अहिले राजनीतिप्रति जनताको निराशा बढेको छ, उनले भने । पार्टीहरूप्रति पनि निराशा बढेको देखिन्छ ।, अहिले सोसल मिडिया र त्यसैबाट प्रभावित भएको नयाँ पुस्ता सजिलै आफ्नोतर्फ तान्न थालेको देख्दा के हुने हो नेपालको भविष्य ?

