बैशाख १४, २०८२ आइतबार Sun Apr 27 2025

नक्कली भुटानी शरणार्थी प्रकरणका सबै गिरोहलाई पक्राउ गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणका सबै गिरोहलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रलोभनमा प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म असुल्ने गिरोहमा नाम जोएिको जोसुकै व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् ।

आज पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र उनका स्वकिय सचिव नरेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेकोमा त्यसको प्रशंसा गर्दै श्रेष्ठले अरुलाई पक्राउ गर्न पनि खुट्टा नकमाउन प्रहरीलाई निर्देशन दिएको बुझिएको छ । गृहमन्त्री श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई फोन गरेर यो प्रकरणमा मुछिएको जोकोही भए पनि पक्राउ गर्न निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ४ : ०९ बजे