जनकपुरधाम । मधेस प्रदेशको जनकपुरधाममा ‘साक्षर मधेश प्रदेश घोषणा तथा अनौपचारिक शिक्षाका सिकाई सामग्रीहरुको प्रबोधीकरण’ कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ ।

उक्त कार्यशाला गोष्ठी जनकपुरधामस्थित होटल सीताशरण जनकपुरमा सम्पन्न गरिएको हो । ‘साक्षर मधेश प्रदेश घोषणा तथा अनौपचारिक शिक्षाका सिकाई सामग्रीहरु’ले विभिन्न कारणले शिक्षाबाट बञ्चित भएका ।

सो कार्यक्रम सामाजिक तथा आर्थिक रुपले पढ्न नपाएका समुदाय तथा वर्गका लागि अनौपचारिक शिक्षाको माध्यमबाट साक्षर गराउने उद्देश्यले सहभागीहरुले बताएका छन् । यस कार्यक्रमले मधेश प्रदेशका सर्वसाधारणहरु शिक्षाको उज्यालोबाट बञ्चित हुनुनपर्ने भएपछि हर्षित भएका छन् ।

एनसीई नेपाल केयरको सहकार्यमा सम्पन्न कार्यशाला कार्यक्रम मधेश प्रदेश सरकार शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय शिक्षा विकास निर्देशनालयको समन्वय र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरको आयोजनामा सम्पन्न गरिएको हो ।

