२५ आश्विन २०८३, आइतबार Sun Oct 11 2026

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री यादव



मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।

मन्त्री यादवले बुधबार रौतहटको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा उनले मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि हित अनुकूलका ऐन तथा कानून निर्माणमा प्रदेश सरकार लागि परेको भन्दै उनले प्रदेशमा सञ्चारकर्मीलाई सहयोग गर्न आगामी आर्थिक वर्षमा एक करोडको अक्षयकोष स्थापना गरिने जानकारी दिए।

कार्यक्रममा रौतहटका सांसद देवप्रसाद तिमल्सिना, प्रदेशसभा सदस्य युवराज भट्टराईलगायतले पत्रकारिता पेशालाई मर्यादित बनाउन जोड दिए। नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका अध्यक्षको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  २ : १४ बजे