जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

पूर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा जाँदै



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह १० दिने भारत भ्रमणमा जान लागेका छन् ।

करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन् । उनी दुई महिनाको बीचमा दोस्रोपटक भारत जान लागेका हुन् ।

पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले जनाएको छ। पूर्व युवराज पारस भने निर्मल निवासमै रहने छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा राज परिवारका सदस्य भारत भ्रमणमा जान लागेका बताइएको छ । ज्ञानेन्द्रले लखनउमै १० दिन बिताउने हो वा नयाँ दिल्लीलगायत अन्य राज्यको पनि भ्रमण गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ८ : १८ बजे