बैशाख १८, २०८१ मंगलबार Tue Apr 30 2024

वीर अस्पताल भवनको छत भत्किँदा ४ जना घाइते



काठमाडौं । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।

भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका हुन् ।

चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : २४ बजे