४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका थिए आरोपी



काठमाडौं। काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर पाण्डेको हत्यामा संग्लन भएको दाबी गर्दै आरोपी झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

पाण्डको हत्यामा विश्वकर्मा एक्लैको संलग्ना रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पाण्डेको पसलमा पुगेर विश्वकर्माले केही भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका र पछि पुनः आएको हत्या गरेका हुन् । आरोपी विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेर पाण्डेको हत्या गरेका प्रहरीको भनाइ छ ।

आफूहरुसँगको बयानमा विश्वकर्माले अपराध स्वीकार गरिसकेका एसएसपी आचार्यले जानकारी जानकारी दिए । पसलमै रहेका बेला ७ वैशाखमा पाण्डेको धारिलो हत्यार प्रहार गरी हत्या भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : २२ बजे