४ बैशाख २०८३, शुक्रबार Fri Apr 17 2026

रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेताबाट डोलप्रसाद (डीपी) अर्यालले राजीनामा दिएका छन् । शनिबार उनले दलको उपनेता विराजभक्त श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन ।

उनले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता हुने गरी मार्गप्रशस्त गरेका हुन् । आफूले ‘विषम अवस्था’मा संसदीय दलको नेताको जिम्मेवारी सम्हालेको उनले उल्लेख गरेका छन् । अब पुनः लामिछाने नै संसदीय दलको नेता हुनुपर्ने आफ्नो मत रहेको पनि उनले जनाएका छन् ।

‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरा अभिमत रहेको छ’, उनले राजीनामा पत्रमा लेखेका छन्, ‘त्यसैले मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मितिदेखि लागु हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पद त्याग गर्दै राजीनामा पेस गर्दछु।’

नागरिकता प्रकरणमा सांसद पद गुमाउनुअघि लामिछाने नै रास्वपा संसदीय दलको नेता थिए । यही वैशाख १० गते भएको उपनिर्वाचनबाट उनी पुनः सांसद बनेका हुन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : २७ बजे