सर्लाही । चन्द्रनगर गाउँपालिकाले ईच्छुक किसानहरुलाई तालीमको अवसर लिन आग्रह गरेको छ । गाउँपालिकाले तालिममा सहभागी हुने इच्छुक किसानहरुले बैशाख २२ गते भित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।
मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका तालीम केन्द्रहरुमा किसानहरुको लागी यही जेष्ठ महिनामा संचालन हुने गाउँपालिकाले जनाएको छ । त्यस्तै, यस तालीममा सहभागी हुने किसानहरुले रू. ७००र को दरले दैनिक भतासँगै आउने जाने भाडा समेत पाउने छन्।
त्यस्तै, तालिमका निम्न सुची यस्ता छन्, :
१) मत्स्य प्रशोधन तथा पोष्ट हार्भेस्ट (७ दिन)
स्थान : पशु सेवा तालीम केन्द्र, जनकपुरधाम
२) ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम (३५ दिन)
स्थानः पशु सेवा तालीम केन्द्र, जनकपुरधाम
३) व्यवसायिक कुखुरा पालन तालिम (७ दिन)
स्थानः पशु सेवा तालीम केन्द्र, जनकपुरधाम
४) कृषि यन्त्र संचालन एवं मर्मत संभार तालिम (७ दिन)
स्थान : कृषि प्रवर्द्धन सहयोग तथा तालीम केन्द्र, नक्टाझिज, धनुषा
यस तालीमका लागी सम्बन्धित तालीम केन्द्र लगायत निम्न व्यक्तिलाई समेत सम्पर्क गर्न सकिने छ,
सम्पर्कको लागि,
प्रमोद ईशरः+9779816339495
(मा. ई. बसन्त कुशवाहा – सचिवालय)
भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जनकपुरधाम, धनुषा