काठमाडौं । बारा २ बाट प्रतिनिधिसभा सदस्यमा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत राउतले आफ्नो पार्टीले जनताको अगाध माया पाएको भन्दै जनमतका उम्मेदवारलाई मतदान गर्नेलाई धन्यवाद दिएका छन् ।
‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयताका साथ वहन गरेको छ’, राउतले लेखेका छन् ।
यहाँ ५०८१ मतान्तरले यादवले जनमतका शिवचन्द्र कुशवाहामाथि जित हात पारेका छन् । मधेसमा आफ्नो वर्चश्व कायमै राख्ने उपेन्द्रको दाउ र त्यसमाथि हाबी भइरहेका राउतबीच एकअर्कामा बेलाबेलामा घोचपेच चल्ने गरेको छ ।

